bio

Stories

यौवन

उसलाई आज के भा’ हो यस्तो ? त्यसै – त्यसै रगत तातेर उर्लिएको छ । जीउभित्र कतै एउटा अनौठो कुरा के–हो के–हो कता हो कता सगबगाइ रहेछ, अङ्ग–प्रत्यङ्ग फर्फराइरहेछन्, त्यसै त्यसै जीउलाई धोएको लुगा निचारे जस्तै गरी कसैले निचोरीदिए हुने जस्तो भएको छ । भुँइमा लडिबुडी गरुँ अनि भित्तालाई मरी–मरी चिथोरुँ जस्तो भा’छ । उफ् ! जाडो महिनामा पनि जीउ तातेर लुगा–सुगा सब फुकालेर फालिदिउँ जस्तो भा’छ । छटपटाएर एक ठाउँमा बस्न सकेकी छैन, अनौठो कुत्कुती छ शरीरभरि । आखिर के भएको उसलाइ ? छटपटाउँदा–छटपटाउँदा भित्तामा झुण्ड्याइएको क्यालेण्डरमा उसको आँखा पुग्छ । ओ हो, आज November 18 तारिख रै’छ, ऊ १६ पुरा भएर १७ लाग्ने दिन – ऊ यौवना भइछ । उसभित्रको कुत्कुती र छटपटी झन् बढ्न थाल्छ ।

(रचनाकाल – २०५४–७–७)

(२०५४–१–१३ को ‘साप्ताहिक’ मा प्रकाशित)

“फेरि एक अन्त्यको शुरुवात” कथा संग्रहमा संग्रहित

SUBSCRIBE TO MY NEWSLETTER