bio

Stories

आरोह – अवरोह

(दुई व्यक्तिहरु बीचको सम्वाद)

तेरो.......

मलाई ‘तँ’भन्ने साहस कहाँबाट आयो हँ ?

तिम्रो.......

‘तिमी’भन्दा म आफू होचिएको महशुश गर्छु ।

तपाईंको.......

मेरो धन, सम्पत्ति, इज्जत, प्रतिष्ठा देख्ताखेरि मलाई ‘तपाईं’ भन्न अप्ठ्यारो लाग्दैन ?

हजुरको.......

अँ, के भन्नुछ, भने हुन्छ ।

हजुरको विशाल बङ्गला सँगसँगै सम्पूर्ण सम्पत्ति जलेर खरानी भयो र आजदेखि हजुर कङ्गाल बनिबक्स्यो ।

(रचनाकाल – २०५५–१२–७)

“फेरि एक अन्त्यको शुरुवात” कथा संग्रहमा संग्रहित

SUBSCRIBE TO MY NEWSLETTER