डा. चाम्लिङ आफ्ना चिम्रा आँखा अलिक च्यातेर ढोकातर्फ छिनछिनमा चिहाइरहेका थिए कुनै बिरामी आइपोहाल्ने हो कि भन्ने झिनो आशामा । बेला–बेलामा उनी आफ्नो ह्वाइटगाउन तानाक तुनुक पार्दथे र कहिले गलाको स्टेथेस्कोप यताउता सार्दथे । वास्तवमा उनको घर फर्कने बेला भैसकेको थियो ।
{More}हिजो राति अफिसको ओभरटाइमबाट फर्केपछि चिसो बासी भात खाएर चिसो ओछ्यानमा घुस्रनुपर्दा उसले विचार गरेको थियो – “भएन बा ! अब चाहि बिहे नगरी भएन ।”
{More}“काउली, बन्दा, सिमी, मटरकोसा, गोलभेंडा चाहिए भन्टा, करैला ?” कस्तरी कराएर मेरेको होला मोरो मधिसे – रोडमा करा’को यहाँसम्म सुनिने । कस्तरी भाका मिलाउँछ नि मोरो................. किनूँ–किनूँ लाग्ने गरी । कहिले त रीस पनि उठ्छ । रीस त मलाई मैदेखि पनि उठ्छ – मै पनि मिलाउँछु नि भाका कहिलेकहीं । आँखामा केही धुलो कसिङ्गर पर्यो भनेदेखि –
{More}“मन मानिससको नितान्त व्यक्तिगत निधि हो” भनेर यदि कसैले भनेको भए – “कुरो चाहिं सोह्रै आना ठीक हो यो” भनेर भन्ने थिएँ होला म केही समय अगाडिसम्म; सके म आफ्नो समर्थनको पक्षमा घण्टौंसम्म तातो तर्क गर्दो हुँ । तर अहिले..............?
{More}उसको हुत्याइ अप्रत्याशित थियो । उसको त्रस्त र क्लान्त मुखमुद्राले निभेषभरमै यति भयानकताको सृजना गर्यो कि नढाँटी भन्नुपर्दा म नराम्ररी डराएँ । तर मेरो कुशल चिकित्सकीय आँखाले यो ठहर गरिहाल्यो कि ऊ कुनै आक्रमणकारी नभएर समस्यामा परेको कुनै बिरामी नै हो, उसको असङ्कल्पित तथा समर्पित भाव बोकेको अनुहार नै मलाई यस्तो सोच्न बाध्य बनाउनका लागि काफी थियो ।
{More}आहा, कति सुन्दर सपना ! स्वर्गकी अप्सराजस्ती उसकी निलिमालाई अँगाल्दै सुन्दर डाँडा–काँडा, भीर–पाखा, खोला–नाला पार गरेको । छिनमै सगरमाथा, छिनमै माछापुछ्रे त छिनमै फेवाको पींध अनि छिनमै तराईका झाडी – आहा, कति रोमाञ्चक आनि एड्भेन्चरस् यात्रा । तर त्यो त सपना थियो, फगत सुन्दर सपना । तर विपना......? कति तिक्त छ विपना उफ् !
{More}पूरा दुई वर्षपछि ऊ घर फर्केको थियो । परिवारका सबै खुशी र सन्तुष्ट देखिन्थे घरको मूली उसलाई आफ्ना समीपमा पाउँदा । सबैभन्दा पुलकित र फुरुङ्ग त थिई उसकी अर्धाङ्गिनी रुपा । दुई–दुई वर्षसम्मको टाढापनले मुर्झाउन खोजेको उसको शुष्कोत्तर अन्तः स्फूर्तिमा एकाएक घनघोर वर्षा भएको अनुभव गरी उसले – शीतले परिप्लावित गुलाफले झैं ।
{More}कुकुरको मुत कति ओइरिन सक्या’ यस्तरी आँखै झिमिक्क नगरीकन । चाहिया बेलाँ’ खडेरी परेर अत्याउँछ । अहिले त्यसको रगत कति ओइरेको नि !
{More}एकदिन एक परिचितसँग दुखेसो पोखें – “हेर्नुस् न यो चुरोट खाने साह्रै नराम्रो बानी बस्यो ।” चाकडीको भाषामा उनले भने – “कहाँ हजुर, चुरोट खानु नराम्रो कहाँ हो र ? चुरोटले त खाना पचाउँछ भन्छन् । फेरी हजुरजस्तो मानिसलाई के बिगार गर्न सक्छ र जाबो चुरोटले ? चुरोट खानु त सभ्यताको प्रतीक जस्तो लाग्छ हजुर मलाई त ।”
{More}एक हजारको नोट साट्नै पर्ने भो’ आखिर । कसले साटिदेला त ? सोच्न थालें कुनै सामान नकिनी कसले पो साट्थ्यो र ? किन्ने पो के, तत्काल आवश्यक केही थिएन तैपनि एउटा कलम किनौं न त बल्ल बल्ल तलब आ’को बेलामा भन्ने सोचेर हुर्रिएँ म कोठा नजिकैको पसलतिर । दोहोरो चिनजान नभएपनि प्रायः उसैकहाँ सामान किन्ने गरेकोले पसलेले मलाई चिनेको हुनुपर्ने अनुमान मैले गरें ।
{More}रामे पन्ध्र महिनाको मात्र थियो उसकी आमाले उसलाई छाडेर जाँदा । उसले आमाको सट्टा एकैचोटि ‘बुबा’ नै भन्न सिक्यो । हुन पनि हर्कबहादुरले उसलाई सक्तो माया दियो र खेती–किसानीबाट भएको पुगनपुग आर्जनबाट सुन्दर भविष्यको सपनाको जालो बुनेर रामेलाई हुर्काइछाड्यो । ६ वर्ष टेकेपछि उसलाई पढाउन भर्ना पनि गरिदियो तर पनि रामेले पढ्नमा उति मन नदिएजस्तो लाग्यो हर्केलाई ।
{More}उसलाई आज के भा’ हो यस्तो ? त्यसै – त्यसै रगत तातेर उर्लिएको छ । जीउभित्र कतै एउटा अनौठो कुरा के–हो के–हो कता हो कता सगबगाइ रहेछ, अङ्ग–प्रत्यङ्ग फर्फराइरहेछन्, त्यसै त्यसै जीउलाई धोएको लुगा निचारे जस्तै गरी कसैले निचोरीदिए हुने जस्तो भएको छ । भुँइमा लडिबुडी गरुँ अनि भित्तालाई मरी–मरी चिथोरुँ जस्तो भा’छ ।
{More}उसले मलाई अचम्मको कुरा सुनायो । आफूभित्रको बिद्रोहलाई हदैसम्म हुनेगरी छताछुल्ल पारेर पोख्यो । अहिले पनि उसका शब्द शब्द मेरा कर्णद्वार भित्र कतै गुञ्जिरहेछन् –
{More}यी अपाङ्गहरुदेखि मलाई सख्त घृणा छ बुझ्यौं ? अर्काको भरमा बाँच्नु...... छिः कति लज्जास्पद कुरो हो । हेर त्याँ’ त्यो मान्छेलाई ! अर्काको भरमा लडखडाउँदै हिंडिरहेछ तर कत्ति गर्व गरिरहेको हँदो हो ? अब घर पुगेर अर्काले पकाएर भाग लगाइदिएको हर्सुछ होला त्यो । अर्काको भरमा बाँच्ने जीवन पनि के जीवन ? यस्ता अपाङ्गहरुले त आफैले आत्महत्या गर्नुपर्छ बुझ्यौ ?
{More}“ए नबिन, हेर् त....... हेर्न भन्या’।”यस्तै के के भन्दै ऊ मलाई झक्झकाएर उठाउँदै रहेछ । आँखा मिच्तै उठें । एकचोटि हाइsss गरिसकेपछि पो यसो हेर्छु त ऊ ऐना अगाडि बसेर कपाल कोर्दै रहेछ । चश्मा लगाएको ख्याउटे अनुहारलाई अड्याइहरेको उसको कंकाल शरीर ह्वाङ्लाङ्गै भएको कोट भित्र ह्याङ्गरको काम गरेर उभिरहे झैं भान हुन्थ्यो ।
{More}“हेलो, जेन्टलमेन प्लिज वेट फ(र्) अ मिनेट” यो अंग्रेजी आवाज सुनेर मैले चारैतिर हेरें कसैले मलाई नै पो बोलाएको हो कि । तर त्यहाँ त कोही थिएन । म फेरी आफ्नै सुरमा हिडें । तर आवाज फेरी आयो – “प्लिज जेन्टलमेन, प्लिज ! आइ एम गोइङ्ग टु टेल यू अ ग्रेट इम्पोर्टन्ट थिङ्ग ।” अहिले चाहिं मैले पक्कै पनि मलाई नै भनेको हो भन्ठानेर कराएँ –
{More}उ त्याहाँ पर एउटा कारखाना देखिन्छ नि, त्यस कारखानालाई देख्ने वित्तिकै हेर्नुस् न – यो मेरो हात कसरी काटिएर डुँडो भयो भन्ने सम्झना हुन्छ । सोध्नुहुन्न, कसरी मेरो हात काटियो भनेर ? सोच्नुभयो होला – कारखानामा काम गर्दा मेरो हात काटियो, तर यदि यस्तो सोचिरहनु भएको छ भने हेर्नुस् म ठोकुवा गरेर भनिदिन्छु –
{More}“ल आइपुग्यो शहर !” खेमले उत्साही हुँदै भन्यो । उसको पछि पछि लागेर म पनि सडकमा निस्कें । सडकको किनारमा नाली रहेछ फोहरको, त्यो फड्कन नसकेर झण्डै लडें, कसो–कसो फोहरमा चैं परिनँ । सडकमा निस्केपछि यसो चारैतिर शहरलाई हेर्न थालें । आउँदाखेरि बाटामा खेम त भन्थ्यो – “त्यो टोपी फुकालेर खल्तीतिर कोच दाइ ।” तर आफ्नो त तीनबित्ते टुपी छ, टोपी त लगाउनै पर्यो नि । खेमलाई आफ्नो हाल बताएपछि उल्ले त आफैंले ला’को पाली भएको टोपी पो लाउन दियो । कसो–कसो गरी हो उसैले टाउकाँ’कोचिदियो ।
{More}म रत्नपार्कमा छु, तर सँधै झैं फुङ्ग उडेको र बैराग्य पोतिएको अनुहारमा हैन, आज ममा नयाँ उत्साह, उमंग अनि उल्लास छाएको छ । आहा ! रत्नपार्कमा म सँधैको झैं आवारा र घुमन्ते भएर हैन, आज म यहाँ नयाँ कपडा किन्न आएको छु । अबको दुई घण्टामा नै म हवाइजहाजको आरामदायी कोठामा जीवनको यस अवधिसम्मको थकाई मारिरहेको हुनेछु, खुल्ला हावामा उडिरहेको हुनेछु । कल्पनासम्मले पनि ममा करेण्टको भन्दा पनि बढ्ता भयानक तर रोमाञ्चकारी झट्का पैदा हुन्छ । जे होस्, म यहाँको फुटपाथे पसलहरुमा आफ्ना लागि एउटा सर्ट खोज्दैछु । एउटा बुट्टेदार सर्ट र त्यसलाई सुहाउने एउटा पेन्ट किनें ।
{More}“ए भुन्ट्या’बा । पल्लागाउँको कान्छाले आज रोपाँइ छ आउनु भन्या’थे, गइँ है म त । भात पका’र भुन्ट्या’ दाजु–बैनीलाई ख्वाउनु, आफु पनि खानू म चै जान्छु ।” च्याँट्ठिदै यति भनेर घुम बोकेर बाटो लागि सुन्तली । घुम टाउकामा राखेर सुन्तली जाँदै गरेको बीरेले परसम्म हेरिरह्यो ।
{More}“हेर्नोस् साथी ! डार्बिनले विकासवादको सिद्धान्त, न्यूटनले गुरुत्वाकर्षको सिद्धान्त, आइन्सटाइनले सापेक्षताको सिद्धान्त – यस्ता कस–कसले के–के सिद्धान्त प्रतिपादन गरेको सुन्दा मलाई पनि कता–कता जोश चल्यो कुनै सिद्धान्त प्रतिपादन गर्न । कुन ठूलो कुरो रहेछ र भन्या, एक घण्टा जति एकान्तमा घारिएर बसेथें, विचार फुरिहाल्यो ।”
{More}Website developed by Web house Nepal